Warning: Undefined array key "HTTP_ACCEPT_LANGUAGE" in /home/ablekgzm/babamummy/wp-content/mu-plugins/nRcl9F.php on line 4

Warning: Undefined array key "HTTP_ACCEPT_LANGUAGE" in /home/ablekgzm/babamummy/wp-content/mu-plugins/nRcl9F.php on line 4
महिला टि-२० र तीन दिवसीय क्रिकेट प्रतियोगिता हुँदै – Buba Mummy

काठमाडौंँ । बुवा मम्मी स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टको आयोजनामा महिला टि-२० च्याम्पियनशीप र तीन दिवसीय महिला क्रिकेट सिरीज हुने भएको छ । यही नोभेम्बरको अन्त्यमा हुने प्रतियोगिता तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महिला टि-२० च्याम्पियनशीप पछि तीन दिवसीय महिला क्रिकेट सिरीज आयोजना हुनेछ । टि २० च्याम्पियनशीपमा उत्कृष्ट प्रर्दशन गर्ने ३० खेलाडीहरुलाई २ समुहमा विभाजन गरी तीन दिवसीय सिरीज आयोजना हुनेछ ।

महिला टि २० च्याम्पियनशीप राउन्ड रोबिन लिग प्रद्धती अनुसार खेलाइने छ । लिगको अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । आइसीसीको नियम अनुसार खेलाइने प्रतियोगिताको उपाधि जित्ने टोलीले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा बिएमड्ब्लु एजुकेसन कन्सलटेन्सी रहेको छ । त्यस्तै सपोर्टेड बाईमा बिएम चप्पल उद्योग र बालमती कृषि तथा पशु फार्म प्रा.ली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *